गोधुली साहित्य–सिर्जना सम्मान डा क्षेत्रीलाई

काठमाडाैं | जेठ १६, २०७९

गोधुली साहित्य–सिर्जना सम्मान डा क्षेत्रीलाई

काठमाण्डौँ:    गोधुली साहित्यिक प्रतिष्ठानले गोधुली साहित्य–सिर्जना सम्मानबाट वरिष्ठ कवि डा दुबसु क्षेत्री सम्मानित हुनुभएको छ ।

  

 प्रतिष्ठानको आइतबार सम्पन्न चौँथो वार्षिक साधारण सभाका अवसरमा गोधुली साहित्य–सिर्जना विशेष अभिनन्दन २०७८ बाट वरिष्ठ कवी क्षेत्री, गोधुली भानुभक्त पोखरेल बाल साहित्य सम्मान २०७८ बाट बाल साहित्यकार निर्मला बराल सम्मानित हुनुभएको हो ।

 

   यस्तै, गोधुली भद्रकुमारी घले आदर्श आमा पुरस्कार २०७८ बाट समाजसेवी पशुपति गुरुङ सम्मानित हुनुभएको छ । सम्मानित गुरुङ संस्कार समाज नेपालको अध्यक्ष समेत हुनुहुन्छ ।

    

यसैगरी, गोधुली कला सम्मानबाट कलाकार घनश्याम गौतम, गोधुली वर्ष कृति पुरस्कारबाट लेखक वसन्त ओली, गोधुली समाजसेवा सम्मान उर्मिला विश्वकर्मा र वीना बस्नेत, गोधुली युवा सिर्जनशील सम्मान भूपेन्द्र विश्वकर्मा र रोशन विशंखे, गोधुली कुमारमान मास्के स्मृति सम्मान गणेश लकान्द्री र भाइराम खड्गीलाई प्रदान गरिएको छ ।

 

  गोधुली–चिसकुमारी गुरुङ बाल प्रतिभा पुरस्कार बाल कलाकार प्रशन्न श्रेष्ठ र गोधुली सेवा सम्मानबाट पवनलाल श्रेष्ठ सम्मानित हुनुभएको हो । सम्मानित व्यक्तिलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले सम्मान गर्नुभएको हो ।

    

कार्यक्रममा कुलपति उप्रेतीले नेपाल भाषा, साहित्य र कला क्षेत्रको विकास र विस्तारमा लागेका व्यक्तिलाई सम्मान गरेर गोधुली प्रतिष्ठानले राम्रो काम गरेको बताउनुभयो । उहाँले सम्मानित व्यक्तिलाई आगामी दिनमा समेत आफ्नो कला, साहित्य र भाषालाई अगाडि बढाउन आग्रह गर्नुभयो । 

पोखरा:  पोखरा महानगरपालिका वडा नं १५ मा चौथो संस्करणको वडा खेलकुद महोत्सव सुरु भएको छ । महोत्सवको पोखरा महानगरका प्रमुख धनराज आचार्यले उद्घाटन गरे ।  महोत्सवको उद्घाटन गर्दै मेयर आचार्यले सवै ...

थप पढ्नुहोस्

पोखरा: नेकपा एमालेले कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार बदल्ने निर्णय गरेको छ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नेकपा एमालेले कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार कृष्ण थाप...

थप पढ्नुहोस्

पोखरा:  राष्ट्रिय स्वतन्त्र पार्टीबाट कास्की–१ मा खड्कराज पौडेल (गणेश) र चुनाव लड्ने भएका छन् । बालेन्द्र साह हुँदै रास्वपा प्रवेश गरेका उनी अहिले केन्द्रीय सदस्य हुन् । टिकट पाएसँगै पौडेलले आफ्नो उम्म...

थप पढ्नुहोस्